२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


अवसर र चुनौतिको सामना गर्नसक्ने कुटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ


351
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तिब्र विकासबाट उत्पन्न अवसर र चुनौतिको सामना गर्नसक्ने कुटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

परराष्ट्रमन्त्री श्रेष्ठले परिवर्तित विश्वमा भएको प्रविधि र तिब्र विकासबाट उत्पन्न अवसर र चुनौतिको सामना गर्न ज्ञानमा आधारित अध्ययन,अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको परराष्ट्र सेवामा भएको ३ सय भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कुटनीतिक नियोगहरुबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रिय मञ्चहरुमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतिपूर्ण रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले नेपालले पाएका अन्तर्राष्ट्रिय जिम्मेवारीहरु अतिकम विकसित मुलुकहरुको ग्लोवल व्युरोको अध्यक्षता, आर्थिक तथा सामाजिक परिषद्को सदस्य, संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनामा संलग्नता लगायतमा थप सक्षम, सुदृढ, व्यवसायीक र बलियो परराष्ट्र सेवाको आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले परराष्ट्र सेवालाई कानूनी रुपमा अझ संस्थागत गर्न, समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्य स्रोत साधनको थप प्रवद्र्धन मिलाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने दखिएको बताउनुभयो । उहाँले संगठन संरचनालाई चुस्त र प्रभावकारी बनाउनुका साथै राइट साइजिङ नीति अङ्गिकार गरिने जानकारी दिनुभयो । उहाँले प्रविधिको प्रयोग तथा पारदर्शिता र जवाफदेहीको सम्मिश्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरिने उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले सरकार तथा मुलुकमा समग्र राजनीतिक नेतृत्व परराष्ट्र सम्बन्धका आधारभुत विषयमा सहमति कायम गर्न तथा विदेश नीतिका विषयलाई राजनीतिक दाउपेजबाट माथि राखि मुलुकको राष्ट्रिय हित र प्रवद्र्धनमा उच्च महत्व दिने उल्लेख गर्नुभयो । उहाँले परराष्ट्र सेवालाई थप संस्थागत गर्न र अन्तर्राष्ट्रिय मञ्चहरुमा थपिएका चुनौति र असहजताकाबीच मुलुकको राष्ट्रहित प्रवद्र्धन गरी नेपालको हक हित संरक्षणका लागि विज्ञ कर्मचारीबाट सेवा लिन आवश्यक रहेको बताउनुभयो । उहाँले परराष्ट्र सेवामा मुलुकले गरेको लगानीको प्रतिफल लिन राजदुत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरी थप व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले बदलिँदो विश्व परिस्थिति पछिल्लो समय एशिया केन्द्रित हुँदै आएको बताउनुभयो । उहाँले नेपालको भू-राजनीतिक अवस्थिति र त्यसले उत्पन्न गरेको संवेदनशिलतालाई समेत ध्यान दिएर नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्ने कार्यलाई सर्वोपरी ठान्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारका सम्पूर्ण नीति योजना र निर्णयहरुले देशलाई सेवा गरेको हुनुपर्ने बताउनुभयो । उहाँले परराष्ट्र सेवाले मुलुकको कुटनीतिले आर्थिक कुटनीतिकमार्फत देशको आर्थिक विकास र समृद्धिलाई योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो ।