
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १.१५ बजे बस्ने भएको छ ।
आज बस्ने बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
नेपाली काँग्रेसले सहकारी अपचलनको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनहरु अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्