२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिरोहियालाई म्याद थपका लागि अदालत लगिँदै


0
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने भएको छ ।

धनुषा जिल्ला अदालतले नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो ।

हिजो बिहीबार नै म्याद सकिए पनि सार्वजनिक बिदा परेका कारण प्रहरीले आज अदालत लैजान लागेको हो । अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषा प्रहरीले जनाएको छ ।