२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं : सभामुख घिमिरे


494
Shares

काठमाडौं । प्रतिनिस भाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्दै सभामुख घिमिरेले यस्तो आग्रह गर्नुभएको हो ।

सभामुख घिमिरेले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्नु आग्रह गर्नुभयो ।

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूचि हटाउँदै जेठ १३ गते आइतवार ११ बजे बैठक बस्नेगरी स्थगित गर्नुभयो ।