८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रोटरी क्लब अफ राजधानीले दियो वि एण्ड वि हस्पिटललाई ६ वटा डायलायसिस् मेशिन


689
Shares

काठमाडौं । स्वास्थ्य सेवा सबैका लागि भन्ने उद्देश्यले रोटरी क्लब अफ राजधानीले शनिबार एक कार्यक्रमकाबीच डायलायसिस् मेशिन प्रदान गरेको छ ।

मिर्गौलाबाट पीडित बिरामीलाई सेवा पु¥याउने उद्देश्यले बि.एण्ड बी. हस्पिटललाई ६ वटा डायलायसिस् मेशिनहरु हस्तान्तरण गरेको हो ।

उक्त मेशिन रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत प्राप्त भएका हुन् । हस्तान्तरण समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर एवं प्लानलिड चेयर बासुदेव गोल्यानको प्रमुख आतिथ्यता तथा हस्पिटलका फाउन्डरद्धय डा. अशोक बाँस्कोटा र डा. जगदिश बैद्यको आतिथ्यतामा सम्पन्न भएको थियो ।

अस्पतालका संस्थापक डा. बैद्य एवं डा. बास्कोटाले पछिल्लो समय मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको भन्दै जीवन बचाउने उपकरण प्रदान गरेकोमा रोटरी क्लब अफ राजधानीलाई धन्यवाद दिनुभएको थियो । देशै भरबाट आर्थिक रुपमा विपन्न विरामीहरु यो हस्पिटलमा डायलायसिस् गर्न आउने गरेका छन् ।

शनिबार प्रदान गरेका मेशिनले डायलासिस् गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा सेवा दिने बताईएको छ । डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । असिस्टेन्ट गभर्नर राजभाइ सुवालले रोटरीले सधैं समुदायलाई सहयोग पु¥याउने बताउनुभयो ।

रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्र्तगत प्रदान गरेको ६ वटा मेशिनले दैनिक १८ जना विरामीको डायलासिस् हुने गरेको छ । उक्त मेशिनहरुको लागत ५४ हजार ६ सय डलर बराबरको रहेको छ । रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले जनाएको छ ।