२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतको गुजरातमा मनोरञ्जन पार्कमा आगलागी, २४ जनाको मृत्यु


1.17k
Shares

एजेन्सी । भारतको गुजरातमा मनोरञ्जन पार्कमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् ।

गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । त्यहाँ उद्धार कार्य जारी छ । सो मनोरञ्जन स्थलमा युवायुवतीको भीड लागेको बेलामा भएको आगालागीका बीच कोलाहल मच्चिएको थियो । आगलागीको कारण बारे केही खुलाइएको छैन ।

यसैबीच गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटना स्थलमा विशेष अनुसन्धान टोली खटाइएको जानकारी दिनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगलागीबाट आफू अत्यन्तै दुखी भएको र पीडित परिवारका साथ आफु रहेको प्रतिक्रिया दिनुभएको छ ।

आगलागीका कारण सो पार्क पुर्ण रुपमा ध्वस्त भएको छ । पार्क गुजरातका युवा युवतीका मनोरञ्जनका लागि निकै नै प्रख्यात पार्क हो ।