२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु


871
Shares

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ ।

शनिबार राती पूर्वी दिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी भएको हो । आगलागीमा १२ नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।

आगलागीमा जलेका ६ जना नवजात शिशुको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था भने गम्भीर रहेको छ ।

विद्युत शर्ट भइ आगलागी भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान जारी छ । आगलागीले सो अस्पतालका उपकरणहरु नष्ट भएका छन् ।