५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


काँग्रेस सभापति र महामन्त्रीका कारण सहमति जुट्न सकेन : महेश बर्तौला


0
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानविन समितिको गठन हुन नसकेको बताउनुभएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानविन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमती जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गर्नुभएको हो ।

सोमबार प्रमुख सचेतक बर्तौलाले काँग्रेसको महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाउनुभयो । प्रमुख सचेतक बर्ताैलाले काँग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको बताउनुभयो । उहाँले संसदीय छानविन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन काँग्रेसले पनि रोक्न नमिल्ने बताउनुभयो । सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई नेपाली काँग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउँदा सहज वातावरण बनाउनुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक बर्ताैलाले संसदको सबैभन्दा ठूलो दल भएकाले नाताले पनि नेपाली काँग्रेसले बजेट ल्याउनका लागि संसदमा अवरोध गर्न नमिल्ने बताउनुभयो ।

सरकारले संवैधानिक प्रावधान अनुसार जेठ १५ गते (भोलि) संसदमा बजेट पेश गर्दैछ ।