
काठमाडौं । नेपाली काँग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको कार्यादेश सम्बन्धि सहमति अनुमोदन गरेको छ । काँग्रेसको आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रमुख सचेतक लेखकले कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने बताउनुभयो । लेखकले केहिबेरमा कार्यदलको बैठक बसेर अन्तिम रूप दिने जानकारी दिनुभयो । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुने बताइएको छ । समितिमा बस्नेको नाम भने तीन बजेसम्ममा उपलब्ध गराउने लेखकले बताउनुभयो ।
सोमबार अबेरसम्म बालुवाटारमा बसेको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष काँग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको थियो । जसअनुसार एमाले र काँग्रेसबाट दुई÷दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक÷एक जना रहने छन् ।
प्रतिक्रिया दिनुहोस्