५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरियो


221
Shares

काठमाडौं । आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

मन्त्री पुनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली बिस्तार कार्य अगाडि बढाइने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपैयाँ बजेट छुट्याइएको पनि जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्ष खानेपानी सुविधा बिस्तारबाट थप ४ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताउनुभयो ।

मन्त्री पुनले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने जनाउनुभयो । त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिने उल्लेख गरिएको छ ।