१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य


1.04k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

वर्षमान पुनले प्रस्तुत बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तिब्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास समेत व्यक्त गर्नुभयो । बजेटमा प्रस्ताव गरेको राजश्वसम्बन्धि नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा बिस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमंत्री कर प्रणाली स्थापित भई आन्तरिक राजश्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा पनि आफूले गरेको अर्थमन्त्री पुनको भनाई थियो ।

अर्थमन्त्री पुनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने दाबी समेत गर्नुभयो ।