१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयो : पूर्वअर्थमन्त्री महत


689
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा बजेट प्रश्तुत गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पूर्वअर्थमन्त्री महतले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताउनुभयो । उहाँले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको बताउनुभयो । उहँँले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भउको बताउनुभयो । उहाँले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाउनुभयो ।