२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त


1.794k
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।

बुधबार पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सर्वोच्च अदालतले गत सोमबार एमालेका खगराज अधिकारीलाई मूख्यमन्त्री नियुक्त गर्ने निर्णय खारेज गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको हो । पाण्डे पनि दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । पाण्डेले अब एक महिनाभित्र बहुमत सिद्ध गर्नुपर्ने छ ।