२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित


5.681k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइ दायर गरेको रिटमा आजका लागि तोकिएको पेसीमा सुनुवाई रोकिएको हो ।

रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । न्यायाधीश नियुक्त हुनुअघि पोखरेलले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको पक्षमा वहस गर्नुभएकाले निवेदक भट्टराईले सुनुवाई स्थगित गर्न माग गरेको बुझिएको छ ।

रिट अन्तिममा ‘हेर्न नमिल्ने’ मा पर्ने निश्चित भएका कारण निवेदकले सुनुवाइ स्थगित गरेका हुन् ।