
काठमाडौं । आइसिसी टी–२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिष्धर्पा गर्न लागेको हो ।
खेल आज राति सवा ९ बजेबाट शुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्