२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विश्वमा मृत्युदण्डको सजाय बढ्यो : एम्नेष्टी इन्टरनेशनल


0
Shares

काठमाडौं । विश्वमा मृत्युदण्डको सजायमा अस्वभाविक बृद्धी देखिएको छ । सन् २०२३ मा विश्वभर ११ सय ५३ जनालाई मृत्युदण्ड दिइएको एम्नेष्टी इन्टरनेशनलको तथ्यांक छ ।

अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीन र मध्यपूर्वका देशहरुमा मृत्युदण्डको सजाय बढिरहेको छ । अघिल्लो वर्ष मृत्युदण्ड दिइएको भनिएका ११ सय ५३ जनामा चीनमा मृत्युदण्ड दिइएकाको विवरण समावेश छैन । चीनमा मात्रै हजारौंलाई मृत्युदण्ड दिएको हुनसक्ने आशंका छ ।

सन् २०२३ मा विश्वमा मृत्युदण्डको सजाय अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढेको छ । सन् २०२३ मा सबैभन्दा बढी मृत्युदण्ड दिने देशहरुमा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिका छन् । मृत्युदण्डको कुल संख्याको ७४ प्रतिशत इरानमा दिइएको छ । मृत्युदण्डको सजाय साउदी अरेबियामा १५ प्रतिशत छ ।