
रामेछाप । केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका– ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
काठमाडौंबाट ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा तथा जनरल फिजिसियन सेवा सञ्चालन गरिएको थियो । रामेछापको सुनापति गाउँपालिका काठमाडौबाट नजिकै रहेपनि विकास निर्माण तथा भौतिक सुविधाको दृष्टिले दुर्गम पालिका हो ।
पालिकामा स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य सम्बन्धि जनचेतना जागृत गर्नका लागि संघले एकदिने शिविर सञ्चालन गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिकाको लागत साझेदारी संघअन्तर्गत युवा उपसमिति र स्वास्थ्य उपसमितिले संयोजन गरेको थियो । शिविरमा सहभागी भएका लाभग्राहीहरुले दुई घण्टा हिँडेरै पनि स्वास्थ्य चेकजाँच गराएको सेवा समाजमा अध्यक्ष चक्र बहादुर मानन्धरले बताउनुभयो । शिविरमा ४ सय ५४ जना बिरामीहरुले सेवा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्