
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
बजेट घोषणासंगै घट्न थालेको बजार बिहीबार पनि १९ अंक बढीले घटेर बन्द भएको छ ।
बजार परिसूचक १९ दशमलव ८९ अंक घटेपछि नेप्से २०६९ को विन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।
बिहीबार ३११ वटा कम्पनीको ९८ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये तीन वटा मात्रै उपसमूह बढेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव २३ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूह शून्य दशमलव ४९ र वित्त उपसमूह शून्य दशमलव १५ प्रतिशतले बढेका छन् ।
होटल उपसमूह भने सर्वाधिक २ दशमलव ५३ प्रतिशले घटेको छ । घट्दो बजारमा पनि नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै, युनिलिभर नेपालको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ । तर पोखरा फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा बिहीबार नेपाल फाइनान्सको सर्वाधिक १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्