८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


माधव नेपाल मसँग सल्लाह गरेर कांग्रेसको बैठकमा जानुभएको हो : प्रधानमन्त्री दाहाल


2.392k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सत्ता समिकरण तलमाथि नहुने कुरामा ढुक्क हुन पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै काँग्रेसको बैठकमा सहभागी हुनुभएको बैठकलाई जानकारी गराउनु भएको प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्र्र्रधानमन्त्री दाहालले आफूले पनि काँग्रेस नेतृत्वसँग भेटने गरेको उल्लेख गर्दै त्यस्ता भेटहरुमा कुनै दोधार नहोस् भनेर आपसी छलफल गरेर मात्रै जाने गरेको पनि बताउनु भएको थियो ।

प्रधानमन्त्री दाहालले नेताहरु प्रतिपक्षको कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भएपनि वर्तमान सत्ता समिकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरुलाई आश्वास्त पार्नुभएको पनि प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहालले वर्तमान सत्ता समिकरणमा असजिलो नआओेस् भन्ने कुरामा पनि आफूहरु सचेत रहेको बताउनुभएको पनि माओवादी केन्दले जनाएको छ ।