
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न ट्राफिक नियमकाबारे चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ ।
सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै चालकलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक रहेको उहाँको भनाई छ । ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उहाँले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्