
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक बोलाउनु भएको छ । बैठक आज दिउँसो १२.३० बजेका लागि बोलाइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभएको हो ।
सचिवालय बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुनेछ । सचिवालय बैठकले सम्भवतः आजै मधेश प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठन हुन लागेको हो । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ भने मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तय भएको छ ।
त्यसअघि नै एमाले, माओवादी, जसपा, जनमत लगायतका दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउने र त्यसका लागि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता बोलाउन एमाले माओवादीले आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्