२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधि सभाको बैठक : अर्थमन्त्री पुनले जवाफ दिने


182
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने जनाइएको छ ।

बैठकमा आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । अर्थमन्त्री वर्षमान पुनले आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनुहुनेछ ।

विनियोजन विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ प्रश्तुत गर्नुहुनेछ ।

त्यसैगरि “राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालले राख्नुभएको बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रश्तुत गर्नुहुने, “भन्सार महशुल विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, “भन्सार महशुल विधेयक, २०८१ प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।