
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा ३ नेपाली र १ भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा कोल्हवी– ६ का २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहट राजपुर–१ का १९ वर्षीय मोहन कुमार साह रहेका छ्न ।
उनीहरुको साथबाट नेपाली नक्कली नोट ७ लाख ७ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
उता भारतीय नागरिकबाट पनि नेपाली नक्कली नोट ६ लाख ९ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्