२२ फाल्गुन २०८१, बिहिबार | Fri Mar 7 2025


घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास हुन सक्दैन : सांसद खतिवडा


234
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो ।

सांसद खतिवडाले सरकारले ल्याउने हरेक बजेट राजश्व संकलन, वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरुप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताउनु भयो । सांसद खतिवडाले मुलुक ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले भविष्यमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था रही रहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौति रहेको बताउनुभयो ।

सांसद खतिवडाले ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको बताउनुभयो ।