
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरुसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा गरिएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वातावरण विनाश र यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्काबारे सजग र शतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउने बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनातर्फ इंगित गर्दै श्रेष्ठले परिणाम निकाल्न नसक्नेहरुसँग वातावरण विनास गरेबापतको क्षतिपूर्ति माग्नुपर्ने बताउनुभयो । मेलम्ची आयोजनाका कारण त्यस वरपरको क्षेत्रमा विपद्जन्य घटना बढेको दाबी गर्दै उहाँले गलत विकासलाई नरोक्ने हो भने विनाश मात्रै निम्तिन्छ भन्नुभयो ।
नेपाल वातावरणीय न्यायमा अहिले जलवायु न्यायको चरणमा प्रवेश गरेको भन्दै उहाँले जलवायु परिवर्तनका असर कम गर्न नसके यार्सागुम्बा पनि लोप हुने जिकीर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्