२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


अवैध रकमसहित ४ जना चिनियाँ नागरिक पक्राउ


1.352k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले श्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

गएराति १ बजे ट्यक्सीबाट भक्तपुरतर्फ जाँदै गर्दा उनीहरुलाई भक्तपुरको महेश्वरी पेट्रोल पम्प नजिकबाट नियन्त्रणमा लिएर चेक जाँच गर्दा उनीहरुको साथबाट ६९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्टका अनुसार केही महिना अघि पर्यटक भिसामा आएर ठमेलको होटल नेपाल भुमिमा बसेका उनीहरु अवैध ब्यापारमा संलग्न थिए ।

चिनियाँहरुबाट बरामद भएको रकम प्रकृया पु¥याएर राजस्व अनुसन्धान बिभाग पठाइएको प्रहरीले जनाएको छ ।