१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेशका मुख्यमन्त्री यादवलाई प्राप्त भएन विश्वासको मत


3.185k
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउनु भएको छैन ।

बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र प्राप्त गर्नुभयो ।

यादवको विपक्षमा ५३ सांसदले मत गरका थिए । बुधबारको बैठकमा १०३ सांसद उपस्थित थिए । जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत माग्नुभएको थियो । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।