५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सुनको मूल्यमा नयाँ रेकर्ड


3.991k
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार एकै दिन सुनको मूल्य तोलामा १८ सय रुपैयाँले वृद्धि भएको छ ।

निरन्तर उकालो लाग्दै गएको सुनको मूल्यमा बुधबार ५ सय रुपैयाँले कमी आएकोमा आज फेरि नयाँ रेर्कड कायम गरि तोलामा १८ सय बृद्धि भएर अहिलेसम्मकै उच्च १ लाख ४४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ ।

महासंघका अनुसार सुनमा भएको भन्सार कर वृद्धि र अन्तर्राष्ट्रियै भएको मूल्य वृद्धिको असर स्थानीय बजारमा देखिएको हो ।

यसैगरि बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भई १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।