
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ ।
नेप्से परिसूचक बिहीबार १.९३ अंक घटेर २०७७ को बिन्दुमा झरेको छ ।
परिसूचक घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटको छ । व्यापार उपसमूह सर्वाधिक १ दशमलव ९६ प्रतिशत बढ्दा लघुवित्त र जलविद्युत उपसमूह करिब १ प्रतिशत बढेका छन् ।
वित्त उपसमूह भने सर्वाधिक २ सर्वाधिक ०८ प्रतिशतले घटेको छ । बिहीबार ३२२ वटा कम्पनीको ८६ लाख ८२ हजार कित्ता शेयर ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
बिहीबार इमर्जिङ्ग नेपाल, भगवती हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्