
काठमाडौं । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्तावलाई बहुमतले पारित गरेको हो ।
विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताउनुभयो । उहाँले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरु सबै पालना गर्नुपर्ने भएकाले यहि मितिदेखि काम सुरु हुन्न भनेर तोक्न नसकिने बताउनुभयो । कयौँ मेसिनहरु छपाई गर्नसक्ने स्थितिमा रहेपनि अन्य कयौँ मेसिनहरु पनि ल्याउनुपर्ने उहाँको भनाई छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आईतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्