२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गृहमन्त्री लामिछानेले दलहरुसँग मागे विपदमा खट्ने स्वयंसेवक


1.209k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भुमिका गर्ने व्यक्तिहरुको विवरण माग गर्नुभएको छ ।

बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरुसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरुको विवरण माग गर्नुभएको हो ।

गृहमन्त्री लामिछानेले मनसुनजन्य विपद्मा स्वयंसेवकहरुको आवश्यक पर्ने उल्लेख गर्दै दलहरुले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन् ? सोही अनुसार मन्त्रालयले योजना बनाउने बताउनुभयो । उहाँले दलहरुले दिने जनशक्तिमध्ये कति जना विपद्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलहरुको संगठन सबैतिर हुने भन्दै सो संगठनलाई विपद् व्यवस्थापनमा लगाउँदा प्रभावकारी हुने पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरुको साझा मञ्च बनाउनु आवश्यक रहेको भन्दै यसतर्फ पनि सरकारले सोचेको बताउनुभयो ।