१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न दिइएको समय आज सकिँदै


312
Shares

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।

एमाले–माओवादी गठबन्धनले आज जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने तगारी छ । साथै नवनियुक्त मुख्यमन्त्रीलाई आजै शपथ ग्रहण गराउने समेत बताक्ष्इको छ ।