२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदीय छानबिन समितिको बैठक, कार्यविधिका बारेमा छलफल हुने


247
Shares

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दैछ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा कार्यविधिलगायतका विभिन्न विषयमा छलफल हुने जनाइएको छ । बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।

जेठ १५ गते प्रतिनिधिसभाको बैठकले सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।