१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी : मन्त्री शर्मा


156
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारणसभामा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले राज्यका नीति, नियम, कानूनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताउनुभयो । उहाँले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महंगो हुँदा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायीहरु निरुत्साहित रहेको बताउनुभयो । उहाँले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि बताउनुभयो ।

मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।