१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृषि विकास बैंकको सद्भावना दुतमा सावित्रा भण्डारी नियुक्त


1.053k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दुत नियुक्त भएकी छिन् ।

बैंकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दुत नियुक्त गरेको जनाएको हो ।

वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो ।

सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्राण्ड एम्बेसडरका रुपमा रहनु हुनेछ र सम्झौता बापत् साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछिन् । कार्यक्रममा उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताइन् ।