
काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास शनिबार ६ घण्टा विद्युत अवरूद्ध हुने छ ।
प्राधिकरणका अनुसार शनिबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुने छ।
प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भनेको हो ।
प्राधिकरणले सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने पूर्वजानकारी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्