५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आँबुखैरेनी–मुग्लिन सडकखण्ड बन्द


1.105k
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोली दैनिक ३ घन्टा बन्द हुने भएको छ ।

आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ को सडकखण्डमा माथिबाट ढुंगा झर्ने क्रम नरोकिएकाले जोखिम हटाउन ढुंगा झार्नुपर्ने भएकाले बाटो बन्द गर्न लागेको जनाइएको छ ।