
काठमाडौं । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हालसम्मको बेरुजु, बेरुजु फछ्र्यौटको अवस्था, समस्या र समाधान लगायतका विषयमा अर्थ मन्त्रालय र कुमारी चोक तथा केन्द्रिय तहसिल कार्याृलयसँग छलफल हुनेछ ।
त्यसैगरि दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्