२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेट खेल्न सन्दिप पुगे वेष्ट इन्डिज


7.41k
Shares

काठमाडौं । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालको अन्तिम दुई खेल खेल्ने जानकारी दिएको हो ।

नेपालले समुहका अन्तिम दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ । ती खेलहरुका लागि सन्दिप क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट’ पुगिसकेका छन् । सन्दिप कुन बाटो भएर त्यहाँ पुगे भन्ने क्यानले खुलाएको छैन । किंग्सटाउनमा हुने खेलका लागि नेपाली टोलीमा सन्दिपलाई आवद्ध गराइएको छ ।

यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दिप अमेरिका जान पाएका थिएनन् । विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले डालसमा नेदरल्याण्ड्सको सामना गरेको थियो भने दोस्रो खेल पर्सि अमेरिकाकै फ्लोरिडामा खेल्दैछ ।

त्यसपछि नेपाली टोली किंग्सटाउन पुग्नेछ । विश्वकप आयोजना गरिरहेका वेष्ट इंडीजका देशहरुले विश्वकपमा कुनै पनि खेलाडीलाई भिसा नलाग्ने व्यवस्था गरेकोले सन्दिपको भ्रमण सहज भएको हो ।