२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अर्घाखाँचीका कृषकलाई गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम


286
Shares

अर्घाखाँची । कृषकले सीप सिकेर आत्मनिर्भर बनी आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम सञ्चालन गरेको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ५ र ७ का अगुवा कृषकको लागि बाँगीमा गड्यौला र प्रविधि हस्तान्तरण सहितको तालिम संचालन गरिएको कार्यालयका अधिकृत सन्तोष खनालले बताउनुभयो । पछिल्लो समय गाउँ घरमा गाई भैंसी लगायतका बस्तुभाउ पालनमा कमी हुँदै गएको र रासायनीक मलको प्रयोग अत्यधिक बढ्दै गएकाले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम निकै प्रभावकारी हुने मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो ।

कम्पोस्ट मलको व्यावसायिक खेती गर्न सके रासायनिक मलको प्रयोगलाई न्युन गर्न सकिने र यो अभियान सफल पार्न गाउँपालिका पनि लाग्ने गाउँपालिका अध्यक्ष भट्टराईको भनाइ छ ।