१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


सरकारले मुलुकमा सुशासन दिन सकेको छैन : शेखर कोईराला


91
Shares

सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ ।

कांग्रेस नेता कोईरालाले अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको जिकिर गर्नुभयो । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै लोकतन्त्रवादीहरुले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

नेता कोईरालाले विपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्नसके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टचारको अन्त्य र सुशासनको पक्षमा काँग्रेसले काम गर्न सक्ने दाबी समेत गर्नुभयो । उहाँले केन्द्रमा मात्रै ३ पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो भन्ने कुरा टुंगो नभएकाले यसको स्थायित्वको लागि सबै लोकतन्त्रवादीहरुले सोच्नुपर्ने तर्क गर्नुभयो ।

त्यस अवसरमा नेता कोईरालाले नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्य एक साहशिक राजनीतिज्ञको रुपमा रहनुभएको पनि स्मरण गराउनुभयो ।