८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै


2.964k
Shares

काठमाडौं । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।

समुह चरणमा यसअघि भएका सबै पाँच खेलमा पराजित नेपाल आजको खेल जित्ने लक्ष्यमा रहेको छ । तर यसका लागि पछिल्लो सयम फितलो प्रदर्शन गर्दै आएको नेपाली टोलीको प्रदर्शनमा व्यापक सुधार आवश्यक छ ।

यमनसँगको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो । समुहमा सबै पाँच खेल जितेको युएईको १४ अंक छ भने बहराइनको १० अंक छ । यमनले चार अंक जोड्दा नेपाल भने अंकबिहीन रहेको छ । पाँच खेलमा १८ गोल खाएको नेपालले एक गोल पनि गर्न सकेको छैन ।

आजको खेल नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङका लागि एक सयौं खेल हो । चेम्जोङ नेपालको राष्ट्रिय फुटबल टोलीबाट एक सय खेल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।