१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनता समाजवादी पार्टी, नेपाल : राष्ट्रिय महाधिवेशन


247
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशी शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहेको बताउनुभएको छ । सोमवार जनकपुरमा शुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष यादवले अहिले केही हदसम्म मात्रै समावेशी रहेको र समावशी कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको बताउनुभयो । उहाँले अहिले पाएका अधिकारलाई बचाउन र मजबुत बनाउन लाग्नुपर्ने बताउनुभयो । दुई तिहाइभन्दा बढी सीमान्तकृत जनता दिनदिनै पछाडी पारिँदै आएकाले मुलुक पछाडी पर्दै आइरहेको बताउनुभयो ।

अध्यक्ष यादवले सीमान्तकृत समुदायलाई पछाडी पारिएकाले मुलुक गरिबीतर्फ धकेलिँदै गइरहेको र दुई तिहाईभन्दा बढी जनसंख्या रहेको सीमान्तकृत समुदायलाई पछाडी पार्दा मुलुक कुनैपनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष यादवले मधेश आन्दोलन नभएको भए मुलुकमा संघियता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोमवारबाट जनकपुरधाममा शुरु भएको जसपा, नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्दसत्र आज (मंगलवार) बिहानबाट शुरु भएको छ । बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।