१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने


78
Shares

काठमाडौं । आज मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गर्ने तयारी गरिएको छ ।