१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु


1.495k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु गरिएको नेताहरुले बताएका छन् । पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ ।

मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यतालिका बुधबार नै सार्वजनिक गरिएको थियो । जसअनुसार अपराह्न ४ बजेदेखि हुने निर्वाचनका लागि आज बिहान देखिनै मनोनयनको कार्यतालिका राखिएको छ ।

त्यसपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधको समय तोकिनेछ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ बजे गर्ने कार्यतालिका छ ।

मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्मको समय तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।