
काठमाडौं । केही दिन यता लगातार बढ्दै आएको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने ९ अंकले घटेको छ । तर कारोबार रकम भने आज ६ अर्ब माथि पुगेको छ ।
पाँच महिना पछि ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो । यसलाई नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गरेको संकेतको रुपमा हेरिएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ०३ प्रतिशतले बढेको छ विकास बैंक उपसमूह १ दशमलव ३१ प्रतिशतले बढेको छ । अन्य उपसमूह भने आज ओरालो लागेका छन् ।
बिहीबार ३१३ वटा स्टकको एक करोड ४२ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक ९ लहाmप ३२ अंक घटेर २११२ लहाल २९ विन्दुमा झरेको छ । बिहीबार पनि समृद्धि फाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार दिन मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्सको सर्वाधिक २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्