२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


स्याङ्जामा अनुमति विना सञ्चालनमा रहेको क्रसर बन्द


611
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका १ बयरघारीमा विगत लामो समयदेखि सञ्चालनमा रहेको भुसाल इन्टरप्राइजेज नामक क्रसर उद्योग अनुमति विना सञ्चालनमा गरेको पाइएको छ ।

स्याङ्जा जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलिले बिहीबार अनुगमन गर्दा सो क्रसर अनुमति विना चलाइएको खुलासा भएको हो ।

स्याङजाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले अनुगमनका क्रममा अनुमति लिएको नदेखिएपछि क्रसर बन्द गरिएको बताउनुभयो । स्याङ्जामा १० वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।