२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ : सांसद बराल


130
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक तथा सांसद सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ।

पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धि ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको उहाँको तर्क थियो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद बरालले सो कुरा बताउनुभएको हो ।

सांसद बरालले पर्यटनसम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गर्नुभयो ।

सांसद बरालले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छाँै भनेर नीतिगत रुपमा भनेपनि सो अनुसारको काम गर्न नसकेको गुनासो गर्नुभयो ।