२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सोविता गौतम


130
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्राउनुपर्ने बताउनुभएको हो ।

सांसद गौतमले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताउनुभयो । उहाँले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्राउनुपर्ने बताउनुभयो । नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवद्र्धन नहुने उहाँले बताउनुभयो । उहाँले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताउनुभयो ।

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पु¥याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताउनुभयो । उहाँले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताउनुभयो ।