२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट


325
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।

चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।